अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

नायिका मनिषा कोइरालालाई भारतीय फिल्मकी मस्ट भर्सटाइल नायिका’ अवार्ड

बिआरटीनेपाल २०७५ वैशाख १८ गते १०:०८ मा प्रकाशित

काठमाडौँ, नायिका मनीषा कोइराला भारतमा आयोजित दादा साहेब फाल्के फिल्म फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘भारतीय फिल्मकी मस्ट भर्सटाइल नायिका’ अवार्डबाट सम्मानित भएकी छिन् । सन् १९९४ देखि बलिउड फिल्ममा लागेकी मनीषाले भारतीय फिल्म क्षेत्रप्रति गरेको योगदानको कदर गर्दै यो सम्मान दिइएको बताइएको छ । 

मुम्बईमा आयोजित कार्यक्रममा अवार्ड पाएपछि मनीषाले भनिन्, ‘मलाई एकदम राम्रो लागिराखेको छ । म आज यहाँ भएकोमा अति नै सम्मानित महसुस गर्दै छु ।’  मनीषाले १९४२ः अ लभ स्टोरी नामक चलचित्रबाट बलिउड करियरको सुरुवात गरेकी थिइन । उनको अकेले हम अकेले तुम, दिल से, मन जस्ता सफल चलचित्रबाट भारतीय चलचित्र क्षेत्रमा गहिरो छाप छोड्न सफल भएकी हुन् । उनले विगतमा पनि दर्जनौँ चलचित्र अवार्डहरू जितिसकेकी छिन् ।

प्रतिक्रिया