अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 12:58

नेपालको मजदुर आन्दोलनको प्रतिकका रुपमा रहेको जुट मिल पून संञ्चालनका लागी पहल

बिआरटीनेपाल २०७५ वैशाख १८ गते ७:३९ मा प्रकाशित

विराटनगर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो ।

प्रमुख पराजुलीले ज्ञापनपत्र बुझ्दै स्व राजनेताहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो ।

नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समितिसमेत नियुक्ति गरेको छ । समिति निर्माण भए पनि जुुटमिल पाँचदेखि छ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ । जुट मिलको करिब रु पाँच अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू