अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

गोलमेचमा प्रचण्ड, अन्योलमा सरकार

दृष्टि साप्ताहिक २०७५ वैशाख १७ गते १९:२८ मा प्रकाशित

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिस्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन ।त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि पार्टी एकता पक्षधर पङ्क्तिमा आशा जगाउने स्थित छैन ।

अबर कतै यी दुई दल झन् टाढिने पो हुन् कि भन्ने चिन्ता कार्यकर्ता पङ्क्तिमा छाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मिति नतोकी ड्याम्मै यताको घोषणा गर्ने उद्घोषले एकता अन्योलमा परेको छ । दुई पार्टी एकताका सम्पूर्ण प्रक्रिया टुंगिसकेको अवस्थामा एकता गर्न प्रचण्डलाई के कुराले छेक्यो भन्ने प्रश्न पनि उठेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको वा अन वा हरेक बैठकमा प्रचण्ड सहमतिमा पुगे पनि बैकबाट बाहिरिने बित्तिकै अन्योल खडा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू