अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

वाशिङटन डिसी साहित्य सङ्गम विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १५:४० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनियामा “वाशिङटन डिसी साहित्य सङ्गम” विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली साहित्यिक आकाशका अग्रज साहित्यकारहरूको सम्झना गर्दै, माल्यार्पण गर्दै सुरु गरिएको उक्त शीतकालीन साहित्यिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले कविता, मुक्तक र गीतहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले वाशिङटन डिसी मेट्रो कमिटीले नेपाली भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा पुर्‍याएको योगदानअको चर्चा गर्दै यसले उठाएका संस्थाका सवालमा केन्द्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले आफ्नो कमिटीले दुई हप्ता पछि भर्जिनियामै एउटा नयाँ प्रयोग स्वरूप मदर्स डे को अवसर पारेर आमा, परिवार, वैवाहिक जीवन र विश्व शान्तिको महत्त्व बारे प्रकाश पार्दै विश्व शान्तिका लागि संसार भर काम गरिरहेको संस्था Universal Peace Federation सँग मिलेर कार्यक्रम गर्न लागेको बताउनु भयो । Universal Peace Federation का शान्ति राजदूत समेत रहेका खनालले उक्त कार्यक्रममा वाशिङ्गटन टाइम्सका अध्यक्ष एवम् Universal Peace Federation का अन्तर्राष्ट्रिय अध्यक्ष थोमस मेक्डेभिटले विशेष कार्यपत्र पेस गर्ने बताउँदै अब यस सँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय सङ्घ संस्था सँग मिलेर सहकार्य गर्न सक्षम छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । 

कार्यक्रमका अर्का अतिथि प्रसिद्ध साहित्यकार कृष्ण धराबासीले अनेसासका विषयमा प्रकाश पार्दै संस्थाले भाषा साहित्य कलाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । केन्द्रीय उपाध्यक्ष प्रकाश नेपालले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा कविता वाचन गर्नेहरुमा होमनाथ सुबेदी, रामप्रसाद खनाल, कृष्ण धराबासी, प्रकाश नेपाल, मुकुन्द कोइराला, रजनी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, शकुन्तला अधिकारी, गोमा न्यौपाने, सुमित्रा घिमिरे, खगेन्द्र थापा, पुष्कर पन्त, मञ्जु बिमली, सुजना ढकाल, लोचनमान श्रेष्ठ, मन कुमारी थापा, गुणराज लुईटेल, भुपनारायण घर्तिमगर हुनुहुन्थ्यो भने नाँच्ने बाल प्रतिभाहरू सगुन लुईटेल, श्रीति न्यौपाने, आयुषा ढकाल लगायत हुनुहुन्थ्यो । यसै गरी राम प्रसाद खनाल र अनिल सिग्देलले गीत पनि प्रस्तुत गर्नुभएको थियो । 

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल, सञ्चालन महासचिव भूप नारायण घर्तिमगर, स्वागत भाषण सदस्य मुकुन्द कोइरालाले गर्नुभएको थियो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका सदस्य छन्द कवि दुर्गा रिजालका सुपुत्र राघब रिजालको दुर्घटनामा पारी निधन भएकोमा दु:ख व्यक्त गर्दै एक मिनेट मौन धारण गरी राघब प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त रिजाल परिवारमा समबेदना प्रकट गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू