अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

जेष्ठ १ गतेसम्म माग पूरा नभए सार्वजनिक प्रदर्शनमा आउने निर्माता सङ्घको चेतावनी

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १५:१७ मा प्रकाशित

गत हप्ता काठमान्डुमा सम्पन्न निर्माताहरूको बृहत् भेलाले २ बुँदे मागसहितको जारी गरेको विज्ञप्तिमा बक्स अफिस कार्यान्वयन सम्बन्धमा नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शी सहितको बक्स अफिस कार्यान्वयनका लागि राज्यलाई जोडदार माग गरेको छ । साथै वर्ष २०६० मा शेयर बाँडफाँडको विषयमा भएको सम्झौतालाई कार्यान्वयन गर्न पनि माग गरेको छ । 

महासचिव रोज राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘चलचित्र सङ्घ र निर्माता संघबीच भएको सम्झौतामा काठमाडौँ उपत्यका भन्ने शब्दको सट्टा नेपालभरि भन्ने शब्द समावेश गरी अक्षरस कार्यान्वयन गर्नु पर्ने निर्णय गरेको छ ।’ यस्तै, सिनेमा घरमा बजाइने ट्रेलर, पोष्टर, स्थानीय पब्लिसिटी खर्चलगायत अन्य मागहरू चलचित्र सङ्घसँगको छलफलमा गर्न पनि भेलाले निर्णय गरेको छ । उक्त भेलाले गरेको मागहरूको कार्यान्वयनका लागि चलचित्र सङ्घसँग सधैँ वार्ता गर्न तयार रहेको र यदि जेष्ठ १ गतेसम्म माग पूरा नभए नेपालमा सार्वजनिक प्रदर्शनमा आउने निर्माता सङ्घले चेतावनी समेत दिएको छ ।

(नेपाल चलचित्र निर्माता सङ्घद्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तै)

प्रतिक्रिया