अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

चलचित्र ‘काले दाइ’को पहिलो गीत सार्वजनिक

सुभाष प्रधान, काठमाडौँ २०७५ वैशाख १६ गते ११:५३ मा प्रकाशित

चलचित्र ‘काले दाइ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाइ’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

सुमन बैरागीको शब्द र दीपक शर्माको सङ्गीतमा तयार भएको गीतमा धुर्व विश्को/शमिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाइ’मा पवन गौतम/रामेश्वर कार्कीको छायाङ्कन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति हालमा तय भैसकेको छैन ।

प्रतिक्रिया