अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

सिन्धुलीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सपना साकार पार्ने अभियानको शुभारम्भ

तुलसा भट्टराई, सिन्धुली २०७५ वैशाख १६ गते ११:२८ मा प्रकाशित

साहित्य कसलाई मन पर्दैन होला ? तर साहित्य लेख्ने साहित्यकारलाई सम्मान गर्ने व्यक्ति भने कमै भेटिन्छन । अझ भनौ, आफ्ना बाबु आमाले सन्तानको सपना साकार पार्न त सकिरहेका हुदैनन भने अरूको सपना साकार पार्ने त परैको कुरा हो । तर सिन्धुलीमा एक व्यक्तिले आफ्नै प्रयासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सपना साकार पार्ने अभियानको शुभारम्भ गरेका छन् ।

सिन्धुलीको कमला नगरपालिका ४ स्थित आँसुमतिटारमा महाकवि रायटर्स कोलोनी शिल्यान्यास समारोह हालसालै सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सपना पूरा गर्ने उद्देश्यले यो कार्यक्रमको शुभारम्भ गरिएको सिन्धुली वाङमय प्रतिष्ठानका संस्थापक शम्भु प्रसाद ढकाल (अञ्जुल) बताउछन ।

सिन्धुली वाङमय प्रतिष्ठान नेपाली साहित्यको स्मृतिमा २०६४ सालमा स्थापना भएको हो । अन्य साहित्यिक प्रतिष्ठान जस्तो यसले साहित्यिक कुराहरूलाई मात्र लिएर होइन यो बहुउद्देशिय प्रतिष्ठानको रूपमा रहेको, यसले तीन स साहित्य, सहकारी तथा कृषि, संस्कृति समाजकल्याणलाई आफ्नो मार्गदर्शन बनाउँदै अगाडी बढेको ढकाल बताउछन । महाकवि देवकोटा रायर्टस कोलोनी दुई भनेर उनको सम्मानमा साहित्य स्रष्टा सहकारीताका लागि भवन निर्माण हुँदैछ । शरीरलाई स्वस्थ राख्नका लागि आवश्यक पर्ने योग ध्यान साधनाका कुराहरू यो निर्मित सुधाशान्ती आश्रमले सिकाउने गर्दछ । स्रष्टा सहकारीको अवधारणा लिएको यस प्रतिष्ठानले विभिन्न निकायको सहयोग पाएको छ ।

हामी आफै लागेऊ भने मात्र हाम्रो गाउँ हाम्रो टोल हाम्रो समाज बन्छ । एउटा राष्टले होइन अन्तर्राष्टिय जगतले चिनेको व्यक्तिको नाममा यो भवन बन्दै छ । समाजले गर्ने हरेक किसिमका रचनात्मक कार्यमा सहयोग गर्ने कमला माई नगरपालिका मेयर खड्ग खत्री बताउछन ।

अन्तर्राष्टिय साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली भन्छन्, नेपाली साहित्यलाई अन्र्राष्टिय स्तरमा जोड्नका लागि यस्ता उदाहरणीय कार्यको विकास हुनुपर्ने बताउँदै साहित्यमा परिवर्तनको खाँचो औँल्याए । परिष्कारयुक्त साहित्य सिर्जना गरी नेपाली साहित्यलाई नोवल पुरस्कारसम्म लानुपर्छ भन्ने अभियान रहेको लेकालीको भनाइ रहेको थियो । व्यक्तिगत रूपमा कसैको पनि सहयोगको अपेक्षा नरहेको र आफ्नो भित्री हृदयबाट इच्छा जागेर कार्य गरेको बताउँदै आउने ढकाल महाकवि रायटर्स कोलोनी राष्टिय सम्पदा भएकाले राष्टको सहयोग हुनैपर्ने धारणा राख्छन । 

त्यस्तै सिन्धुली वाङमय प्रतिष्ठानका संस्थापक शम्भु प्रसाद ढकालका अनुसार, स्रष्टा र साहित्यलाई सम्मान गर्न हरेक घर घरमा ढकाल जस्ता व्यक्तिहरूको जन्म हुन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू