अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

३३ किलो सुन प्रकरणमा डीएसपी केसी पनि तानिए

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ९:१२ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी प्रजित केसी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी प्रदिप केसीलाई ३३ किलो सुन प्रकरणमा बनेको अनुसन्धान समितिले नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयका सह सचिव इश्वरचन्द्र पौडेल नेतृत्वको अनुसन्धान समितिले शनिवार डीएसपी केसीलाई विराटनगर ल्याई ब्यान लिएपछि सनमा शाक्यको हत्यामा संलग्न देखिएपछि नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख ज्ञान विक्रम शाहले बताउनुभयो । उनलाई आइतबार कर्तव्य ज्यान, अपहरण र सङ्गठित अपराध मुद्दा दत्र्ता गरेर जिल्ला अदालत मोरङबाट तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

फागुन १९ गते सनमा शाक्यको शव विराटनगर–३ मा लुकाएर भारत तर्फ लैजाँदै गरेको अवस्थामा राखिएको स्करपीयो भित्र फेला परेको थियो । मोरङको उर्लाबारी घर भएका शाक्यको हत्या भएपछि ३३ किलो सुन प्रकरण बाहिर आएको हो । शाक्यकै आफन्तले प्रधानमन्त्री समक्ष उजुरी दिएपछि फागुन पहिलो साता देखि गृह मन्त्रालयले छानबिन समिति गठन गरेपछि समितिले छानबिन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू