अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गरिने : प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ८:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रूपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ ।  उहाँले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरू सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको  समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्न चाहेको  बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुद्ध दर्शन तथा यसमा इच्छा, विश्वास तथा लगाव राख्ने सबै मानव जातिका लागि पवित्र पुण्यस्थल बनाउने बताउँदै विश्वलाई अँध्यारोबाट हटाउनका लागि बुद्ध र बुद्धको दर्शनले महत्त्वपूर्ण टेवा पुर्‍याएको समेत बताउनुभयो । यस क्षेत्रको समग्र विकासका लागि विश्व समुदायको सहयोग आवश्यक रहेको भन्दै उहाँले आउँदा दिनमा सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई अगाडि बढाइने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू