अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 12:56

नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देश सहमत

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ८:२९ मा प्रकाशित

नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देशको वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

बैठकमा व्यापार र पारवहनसँग सम्बन्धित विषयलाई छलफल तथा पुनरावलोकन गर्ने विषयमा सहमति भएको छ । सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रिता तोतियाले नेतृत्व गर्नुभएको थियो । बैठकमा दुई देशबिचको व्यापार विस्तार, सहजीकरण तथा लगानीका विविध आयामका बारेमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही वैशाख १३ र १४ गते काठमाडौँमा भएको दुई देशको सचिवस्तरीय बैठकमा सन् २०१८ को जुलाईमा दुई देशबिचको वाणिज्य सन्धिको पुनरावलोकन गर्ने गरी बैठकको आयोजना गर्न सहमतिसमेत भएको छ । वाणिज्य सन्धि सन् २००९ मा पुनरावलोकन भएको थियो । 

बैठकमा दुई देशको सीमा क्षेत्रमा रहेका भन्सारविन्दुमा भौतिक पूर्वाधारको निर्माण, सहज आवागमन तथा व्यापार व्यवसायमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो । यस्तै दुई देशबिच उद्योगी तथा व्यवसायीबिच व्यापारिक सम्बन्ध स्थापनाका लागि समेत पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू