अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

मुक्तककार बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन

बिआरटीनेपाल २०७५ वैशाख १६ गते ८:०८ मा प्रकाशित

वैशाख १६ । मुक्तककार बिटु केसीको मुक्तक सङ्ग्रह ‘मायाको मात’ आइतबार काठमाडौँमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले मुक्तक सङ्ग्रह विमोचन गरेका हुन् । 

मुक्तक सङ्ग्रह ‘मायाको मात’ मा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिका विषयहरू समेटिएका छन् ।हार्दिकता भरिएका विटु के सिका मुक्तकहरूले घेरै जसो डायस्पोरिक पीडालाई पनि समेटेको छ। सङ्ग्रहमा १२६ वटा मुक्तक छन् ।पत्रकारिता सँगसँगै साहित्यिक लेखनमा पनि कलम चलाउँदै आएकी विटु के सी सामाजिक सञ्जालमा मुक्तकका माध्यमबाट पनि परिचित छिन्।  

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू