अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

डा. कुमारबहादुरकाे सम्झना

बिआरटीनेपाल २०७५ वैशाख १५ गते २१:०८ मा प्रकाशित

वरिष्ठ साहित्यकार, महाकवि देवकाेटा साहित्य विज्ञ प्रा.डा. कुमारबहादुर जोशीको सम्झनामा वासु शशी स्मृति परिषद्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, दायित्व वाङमय प्रतिष्ठान र कुमार-सरस्वती पुरस्कार गुठीले सयुक्त्त रूपमा श्रद्धाञ्जली-सभाको आयोजना गरेकाे छ । 

आयोजना गरेको सो सभामा नेपाली साहित्यमा जोशीले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रम वरिष्ठ कवि एवं गीतकार कालीप्रसाद रिजालकाे अध्यक्षता सम्पन्न कार्यक्रममा , साहित्यकार हिरण्यकुमारी पाठक, दायित्वका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार मोहनबहादुर कायस्त, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, वासु शशी परिषद्का सचिव प्रधुम्न जोशी, साहित्यकार यादव भट्टराईले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कवि रिजालले डा. जाेशीकाे साहित्यिक याेगदानकाे चर्चा गर्दै जीवनकाे अन्तिम समयसम्म पनि नेपाली साहित्यको श्रीवृद्धिका लागि प्रयत्नरत रहेकाे बताए । 

डा. जोशीका दुई दर्जन भन्दा बढी साहित्यिक कृतिहरू र आधा दर्जन भन्दा बढी सम्पादित पुस्तकहरू प्रकाशित छन् । डा. जोशीकाे २०५३ र २०५६ मा दुई पटक मृगाैला प्रत्याराेपण भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू