अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

सन्दर्भ बुद्ध पूर्णिमा

निशा अर्याल २०७५ वैशाख १५ गते २१:०३ मा प्रकाशित

गौतम बुद्ध पूर्वका महान् चिन्तक हुन । यिनको प्रभाव जातिको चिन्तन र जीवनमा अत्यधिक पर्‍यो । उनी धार्मिक परम्पराको संस्थापको रूपमा धर्म प्राण भएका छन् । उनको आग्रह विस्तृत छ । गम्भीर छ । विश्वचिन्तन र संस्कृत मानव जातिमा उनको विशिष्ट स्थान छ । बौद्धिक प्रामाणिकता , नैतिक उत्कटता , आध्यात्मिक अन्तर्यदृष्टिको कसौटीमा महान् व्यक्तित्वमा उनी पर्दछन । उनको जीवन काल निश्चित हुनुको साथै उनको जीवनको स्थूल रूपरेखा अंकित भएको छ । धर्म , दर्शनका मूल प्रश्नहरूमा उनका सिद्धान्तहरूलाई समुचित तथ्यताका साथ ग्रहण गरिएको छ ।गौतम बुद्धको जन्म ५६२ इसा पूर्वमा भएको थियो । उनी क्षत्रियवर्णीय हुन ।

नेपालको कपिलवस्तुको शाक्य कालीन शुद्धोधनका पुत्र हुन उनी । कपिलवस्तु भारतको काशीबाट सय माइल उत्तर नेपालमा स्थितमा छ । उनको जन्ममा उपस्थित पण्डितहरूले भनेका थिए या त उनले राज्य स्वीकार गरेमा चक्रवर्ती होलान् । अन्यथा सन्यासी भएर बुद्ध हुनेछन । स्पष्ट छ कुनै मानिस चक्रवर्ती र सन्यासी दुवै हुन सक्दैन । धार्मिकताका निम्ति संसार त्याग्नु पर्दछ । ‘

“सुत्तनिपात” ‘मा भनिएको छ बालकलाई हेर्न आएका अलिक नामक महात्माले उनको उज्ज्वल भविष्यको भविष्यवाणी गरेका थिए । र ,दुखप्रकट गरेका थिए कि उनी स्वयम् उनलाई हेर्न र सिद्धान्त सुन्न जीवित रहने छैनन् ।

उन्नीस वर्षको आयुमा उनले गृहत्याग गरे । सन्यासीको बाना धारण गरे । परिब्राज भए । सत्यवोधीको जीवन प्रारम्भ गरे । यो महान् त्याग थियो । धर्मको निम्ति नेपाली मन र लगन र बुद्ध प्राप्तिका लागि आपतहरू र कष्टहरू सहनु उनको आग्रह थियो । सांसारिकताको यो यस युगमा हामीले यसलाई बुझ्न कठिन छ । उनका यी कोटेशनले मन र मस्तिष्क झङ्कार ल्याई दिन्छ र परिवर्तनका वाटोतय गर्न टेवा पुग्दछ । बुद्धले भन्नु भएको छ ।

1)  आफ्नो मालिक तिमी आफै हौ । आफ्नो गति पनि तिमी आफै हौ । ( अत्ता ही अत्तनो नाथो अत्ता ही अत्तनो गति)
2) आफ्नो मालिक तिमी आफै हौ, तिमीभन्दा माथि कोही छैन ।( अत्ता ही अत्तनो नाथो कोही नाथो परोसिया )

मलाई लाग्छ बुद्ध धर्म होइन, दर्शन हो । पुरै प्रयोगमा आधारित दर्शन । अनि बुद्ध व्यक्ति होइन, परम्परा हो । ज्ञानको परम्परा । किनभने अहिलेसम्ममा हजारौँ बुद्धहरूको जन्म भैसकेको छ ।
शिखा, विपश्वी, क्रकुच्छन्द, कस्सप, अक्षोभ्य, रत्नसम्भव, वैरोचन, अमोघसिद्धी, अमिताभ, हेरुक, पद्मसम्भव आदि बुद्धहरू सदा पूज्य रहेका छन् । तरपनि सन्सारकै पहिलो मनोवैज्ञानिक, असल शिक्षक र दार्शनिकका साथै मान्छेको मूल्यलाई उचाल्ने पहिलो दार्शनिक हुन बुद्ध ।

आफ्नो परिभ्रमणमा एक जना गृहस्थले उनलाई कटु वचन भन्यो । यसमा बुद्धले यदि तिमी जस्ता कुनै गृहस्थले भिक्षुकलाई भोजन दिन्छ र भिक्षुकले त्यसलाई स्वीकार्दैन भने त्यो भोजन कसको हुन्छ ।
‘अवश्य नै दाता गृहस्थको ‘ अनि बुद्धले भने ‘ त्यसो भए मैले तिम्रो कटु वचन र दुर्व्यवहार स्वीकार गरिन भने त्यसको मालिक त तिमी नै भयौ होइन र ? तर दरिद्रतर भएर फर्की रहेको छु किन भने मेरा एउटा साथी हराए यस्ता महान् वाणीलाई विश्वले आत्मा साथ गरी प्रगतिले शिखर चुमेका छन् तर हामी नेपालीको गौरवलाई हामी स्वयम् आगो बालेर दन्किरहेको आँगोमा आफ्नै गौरव, गाथा अस्तित्व, सम्मान मेट्न धर्म परिवर्तन र जातीयताको वृजा रोपन गर्न एक अर्कामा आक्रोस भई आतङ्क फैलाई रहेछौ जहाँ हामी आफै होमिन्छौ

आउनुहोस हामी नेपालीका गौरवलाई झुक्न नदिइ एक्तामा परिणत गर्न जातीयताको लडाई होइन मात्र एउटै धागोमा उनिएको नेपाली माला वनौ ” एक माला एक शक्ति !”