अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

अर्बपती सांसद चौधरीसँग जनसम्पर्क समितिको अन्तर्कृया

विष्णु सिंह (बैजु), न्यु योर्क २०७५ वैशाख १५ गते २१:०० मा प्रकाशित

शुक्रबार जनवरी २७ मा नेपाली जनसम्पर्क समिति, न्यु योर्क च्याप्टरले नेपाली काँग्रेसका अर्बपती सांसद विनोद चौधरीसँग “मुलुकको आर्थिक विकासमा प्रवासबाट कसरी टेवा पुर्‍याउन सकिन्छ तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे एक अन्तर्कृया आयोजना गर्‍यो ।

सांसद चौधरीले आफ्नो मन्तव्य राख्दै गत चुनावमा काँग्रेसको स्थिति र देशले हालसम्म गरेको आर्थिक विकासमा काँग्रेसको भूमिका प्रस्तुत गरे । साथै नेपालीले यहा काम गरी आर्जन गरेको रकमले देशलाई निकै काम लाग्ने बिचार व्यक्त गरे। साथै बिना राजनैतिक अधिकारको नेपाली नागरिक्ताको कुनै अर्थ नहुने आफ्नो धारणा व्यक्त गरे ।

तत्पश्चात्, सहभागीहरूले सांसद र उनी मार्फत नेपाल सरकार र नेपाली काँग्रेस केन्द्रीय समितिमा जनसरोकारका विषयहरू राखिदिन बोल्ने क्रम सुरु भएको थियो । विष्णु सिंह, डा. तारा निरौला, प्रभात सापकोटा लगायतले कार्यक्रमको विषयवस्तुमा आधारित प्रश्नहरू राखिएको थियो । 

अमेरिकी सरकारले नेपाललाई दिएको टिपिएस् नविकरण गर्ने सवालमा कांग्रेसी सांसद तथा काँग्रेस पार्टीले कुनै चासो नदेखाई दिएकोले ओली सरकार यसबारे मौन बसिदिए । साथै हाल जनसम्पर्क समितिका अध्यक्ष्, आनन्द विष्ट काँग्रेसको केन्दिर्य समितिको सदस्य भई बैठकमा भागलिन काठमाण्डुमा रहेर पनि साँढे चौधह्जार नेपालीको टिपिएस् नविकरण गर्ने बारे काँग्रेसको केन्द्रीय समितिमा नबोलेकोले अहिले टिपिएसवालाहरुले जनसम्पर्क समितिको काँग्रेस केन्दिर्य समितिमा प्रतिनिधित्व औचित्यहिन बन्न पुगेको सर्वत्र चर्चा रहेको प्रश्नकर्ताले स्पष्ट पारे । अहिले नेपाल भूकम्पको असरबाट तग्री नसकेको र यी नेपालीहरूलाई नेपाल सरकारले रोजगारी दिने कुनै गुजायस नरहेकोले काँग्रेसले ओली सरकारसँग छलफल गरी नेपालको टिपिएस् कायम गराउन त्यसबारे अमेरिकी सरकारलाई पुन बिचारको लागी अनुरोध गर्न विष्णु सिंहले सुझाव गरे ।

कार्यक्रममा प्रमुख अतिथि सांसद चौधरी, खगेन्द्र जिसि, विष्णु सुवेदी, विष्णु सिंह, कमला पन्त, मुनेन्द्र नेमवाङ्, केशव राम राई, शारदा छेत्री, डा. तारा निरौला, प्रभात सापकोटा लगायत सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व रोशन ढुँगानाले गरेका थिए भने कार्यक्रम संचाल्न महेश मल्ल्ले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू