अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

हवाइ यात्रुको बिमा बढ्ने

कारोबार २०७५ वैशाख १५ गते १९:३१ मा प्रकाशित

काठमाडौँ – सरकारले हवाई यात्रुको बिमा बढाउने मन्ट्रेयल कन्भेन्सनुलाई अनुमोदन गर्न संसद्मा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाएपनि हालसम्म सांसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि  एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरैमात्र बिमाको रकम पाउँदै आएका छन् ।

सांसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तीमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् । हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ ।

ठुला देशहरूले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ । तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ ।  ‘हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन् पीडा दिने काम भइरहेकाले अब तत्काल संसद्मा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू