अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

सुनको सिरानी हालेर नुन खोज्दै भाैतारिनु हाम्राे कमजाेरी: मुख्यमन्त्री शाही

नयाँ पत्रिका २०७५ वैशाख १५ गते १९:१५ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली आफ्नै मतिले पछि परेको बताएका छन् । सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास, सम्वृद्धि र सामाजिक न्याय’ विषयक कर्णाली सम्मेलनमा मुख्य मन्त्री शाहीले कर्णाली पछि पर्नुमा काठमाडौँको मात्र दोष नभएको बताए । उनले भने, ‘कर्णाली धनी हुँदा हुँदै हामीहरूले गरिबको पहिचान दिने गरेका छौँ, सुनको सिरानी हालेर नुनको खोजीमा भाैतारिनु हाम्रो कमजोरी हो ।’

सबैको सकारात्क सोच र संस्कारमा विकास भए कर्णालीको विकास छिट्टै हुने उनले बताए । उनले भने, ‘कर्णाली प्रदेशलाई पैसा होइन, विशेष अधिकार चाहिएको छ । संविधान निर्माणका बेला सडकमै आएर विशेष अधिकारसहितको कर्णाली प्रदेशको माग परौँ तर, संविधान लिपिबद्ध त्यो अटाउन सकेन ।’

उनले केही साताअघि कर्णालीमा फेसबुक बन्द, एनजिओ आउट भन्ने समाचार आएपनि आफूले त्यसो नभको जिकिर गरे । मुख्य मन्त्री शाहीले एकद्धर प्रणालीमा नआउने गैहसकारी संस्थालाई नियन्त्रण तथा नियमन गर्न खोजाएको स्पष्ट पारे ।

सम्मेलनमा प्रदेश सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री प्रकाश ज्वाला प्रदेशसभा प्रतिपक्षी दल नेता जिवनबहादुर शाही भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री उपसभामुख पुष्पा घर्ती, राष्ट्रिय मानव आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी प्रसाद खरेल, विज्ञ गौरी प्रधान प्रदेशसभा सदस्यसहित पत्रकार र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा कर्णाली एकीकृत ग्रामीण विकास तथा र नेप्लिज् सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहलमा सम्मेलनको आयोजना भएको आयोजक संस्थाले जनाएको छ ।  

सम्बन्धित सामग्रीहरू