अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

गायक मनोज राईको नयाँ म्युजिक भिडियो “मेरी प्रियसीलाई” सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७५ वैशाख १५ गते १०:३४ मा प्रकाशित

काठमाडौँ, गायक मनोज राईको नयाँ म्युजिक भिडियो “मेरी प्रियसीलाई” सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत बरिष्ट सङ्गीतकार मधुकर लोहोनीको रहेको यस गीतमा म्युजिक भिडियोमा नायक नबराज श्रेष्ठको साथमा नायिका बिनिता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको अभिनय रहेको छ l

सुरेन्द्र मान सिंह र केदार उप्रेतीले संयुक्त रूपमा निर्देशन गरेको यस म्युजिक भिडियोलाई निर्देशक सुरेन्द्र मान सिंहले छायाङ्कन गरेका छन् भने सङ्गीत संयोजन जीवन प्रकाश प्रधानको रहेको छ । उक्त गीत कोलोराडो सहरको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन गरिएको छ ।

प्रतिक्रिया