अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

ट्रम्प र मुनबीच फोनवार्ता सबै कुरा ठीक तरिकाले अघि बढेको ट्रम्पको भनाई

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ९:२२ मा प्रकाशित

वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिवार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ ।

ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भन्नुभयो, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्नेे काम भइरहेको छ ।” जारी वार्ताका विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको छ, ट्रम्पले भन्नुभयो ।

मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रवार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने विषयमा सहमति गर्नुभएको थियो ।

दुई कोरियाली मुलुकमा सन् १९५० मा सुरु भाउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भए पनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू