अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

विगतमा निजीकरण गरिएका उधोग नचलाइराखे सरकारले राष्ष्ट्रियकरण गर्ने: उधोगमन्त्री यादव

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ९:०६ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरूको रिपोट तयार गर्दैछौं ।”

जतिले चलाएकाछन् उनीहरूलाई सहयोग गर्छौ जसले चलाएको छैन  त्यो उधोग राष्ट्रियकरण गरिन्छ भन्दै मन्त्री यादवले  सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको बताउनु भयो।विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उहाँले भन्नुभयो। खुल्ला बजार र निजीकरण र उदारीकरणको  नाममा गलत प्रयोग भएको भन्दै उहाँले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गर्नुभयो । 

उहाँले सरकारी धन देखेपछि जसले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालौ भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताउनुभयो । सरकारले केही नयाँ उद्योग सुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उहाँले बताउनुभयो । निकट भविष्यमै फलामको उद्योग सुरु गर्ने भन्दै उहाँले अन्य उद्योग क्रमशः थप्दै लगिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू