अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

हुन्डाई ओपन गल्फ प्रतियोगिता २०१८को उपाधि रविन्द्र तिवारीलाई

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ८:३९ मा प्रकाशित

हुन्डाई ओपन गल्फ प्रतियोगिता २०१८को उपाधि रविन्द्र तिवारीले प्राप्त गर्नु भएको छ। सो प्रतियोगिताको फस्ट रनर अपको उपाधि भरत बस्ताकोटीले र सेकेण्ड रनर अपको उपाधि भाईराजा पाण्डेले प्राप्त गर्नु भएको छ।

सो प्रतियोगिताको विजयी खेलाडीहरूलाई गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित कार्यक्रममा नेपालका लागी दक्षिण कोरियाका राजदूत पार्क योङ जिङ नेपालका लागी हुण्डाई गाडीको आधिकारिक विक्रता लक्ष्मी इन्टरकन्टीनेटल प्रालिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र गोकर्ण गल्फका अध्यक्ष सायद धिमिरेले पुरस्कार प्रधान गर्नु भयो।

प्रतियोगितामा एक सय तिस जना गल्फर्सहरुको सहभागिता थियो। दुई दिने सो प्रतियोगिता १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ हान्डीक्यापमा खेलाइएको थियो। नेपालमा हुण्डाई ले बार्षिकरुपमा गल्फ प्रतियोगिता अयोजना गर्दै आइरहेको छ। हुन्डाई गल्फको यो नवौँ संस्करण हो। 

 

प्रतिक्रिया