अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ७:३५ मा प्रकाशित

रुपन्देही, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ ।  गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो ।

अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ ।  गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी हुनुहुन्छ ।  सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् ।  दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ ।  लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरूले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रूपमा संसारभर प्रचारप्रसार गर्ने बताउनुभयो । 

प्रतिक्रिया