अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

मलेसियामा ११ हजार रोजगारीमा

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ७:२६ मा प्रकाशित

दैनिक करिब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्याङ्कअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् ।

त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस्) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन् । चैतमा पनि सबैभन्दा धेरै ११ हजार ४०३ जना मलेसियामा वैदेशिक रोजगारीका लागि गएका छन् । त्यस्तै कम जाने मुलुकमा जापान छ । त्यहाँ चार मात्र वैदेशिक रोजगारीका लागि गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू