अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

विश्वकै ठूलो विमान परीक्षण उडानको तयारीमा

बिआरटीनेपाल २०७५ वैशाख १४ गते २१:५५ मा प्रकाशित

पल एलेनको भलक्यान एरोस्पेस कम्पनीले निमार्ण गरेको विश्वकै ठुलो विमान गर्मी यामभित्र परीक्षण उडानका लागि तयारी भइरहेको छ।

यो विमान सफलतापूर्वक उडान हुन सकेमा यो विश्वकै ठुलो विमानको रूपमा चिनिने छ। ३ सय ८५ फिट फैलावट, २ सय ३८ फिट लम्बाइ र ५० फिट अग्लो स्ट्राटोलन्च नाम दिइएको विमानमा ३५ हजार फिट उचाइ सम्म उडान गर्न सक्ने क्षमता रहेको छ।

१३ लाख टन भार थाम्न सक्ने यो विमानको २ ओटा ककपिट र ६ ओटा ७४७ इन्जिन रहेको छ। २८ ओटा चक्का रहेको स्ट्राटोलन्च विमान रकेटको प्रक्षेपणका लागि प्रयोग गरिने विश्वास गरिएको छ।

यो विमान ग्रह, उपग्रहहरू अध्ययनको लागि प्रयोग भनिएको छ। उनले सन् २०१७ मा यो विमान ल्याउने घोषणा गरेका थिए। यो विमान क्यालिफोर्नियामा निर्माण भइरहेको छ। यो विमान परीक्षणका लागि तयारी अवस्थामा रहेको बताइएको छ। स्ट्राटोलन्च नाम दिइएको विमान पूर्णरुपमा सन २०२० सञ्चालनमा ल्याउने योजना रहेको स्ट्राटोलन्च वेबसाइटमा उल्लेख छ। एलेन धेरै वर्षदेखि अन्तरिक्ष उडान परियोजनामा सामेल हुँदै आएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू