अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

कोरियाली प्रायदीपमा तनाव कम गर्न चीनको ठूलो सहयोग: ट्रम्प

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ९:३९ मा प्रकाशित

उत्तर कोरियाले गत वर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दुरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार प्रशंसा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रशंसा गर्दै आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खास गरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नविर्सौं । उहाँ विना वार्ता प्रयास लामो र कठिन हुने थियो ।”

चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङ्याङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीमा चीनले समर्थन जनाएको थियो । यस विषयमा चीनले उत्तर कोरियामा नाकाबन्दीको घोषणा नगरेको भए कोरियाली प्रायदीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन ।

शुक्रवार दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहित दुवै देशका नेताहरूले पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रवार बिहानै झन्डै डेढ घण्टा वार्ता भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू