अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

कोलोराडोमा भोलिदेखी श्रीमद्भागवत् महापुराण सप्ताह सुरु

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख १४ गते ८:१३ मा प्रकाशित

कोलोराडोमा भोलिदेखी श्रीमद्भागवत् महापुराण सप्ताह सुरु हुँदैछ । सप्ताह पुराणको लागि सम्पूर्ण तयारी लगभग सकिएको छ । नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सङ्कलन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको श्रीमद्भागवत् महापुराण सप्ताह भोलि बिहान ९ बजेबाट प्रारम्भ हुँदैछ । श्रीमद्भागवत् महापुराण कथाको लागि वाचन प्रवीन पण्डित दिनबन्धु पोखरेल कोलोराडो आइसक्नु भएको छ । 

नेपाली घरको संयोजन तथा कोलोराडोका सबै सङ्घ संस्थाहरूको आयोजनामा लगाउन लागिएको श्रीमद्भागवत् महापुराण सप्ताह भोलि देखी मे ५ सम्म अरोराको भिलेज एक्सेन्ज सेन्टर, १६०९ हावाना स्ट्रिट, अरोरामा हुँदैछ । कार्यक्रम अनुसार भोलि शनिवार बिहान ९ बजे पूर्वङा पूजाबाट श्रीमद्भागवत् महापुराणको आरम्भ हुँदैछ । त्यसपछि ११ बजे कलश यात्रा हुनेछ । कलश यात्रा कार्यक्रम हुने स्थानबाट सुरु भई उक्त ठाउमा नै समाप्त हुनेछ । कलश यात्रामा सम्पूर्ण कोलोराडोबासी नेपाली तथा नेपाली भाषीहरूलाई सहभागी हुन आयोजक टिमले अनुरोध गरेको छ ।

आइतबार देखी शुक्रवार सम्म दिनको ठिक २ बजे देखी ३ बजे सम्म नियमित पूजा, ३ बजे देखी ६ बजे सम्म पण्डित पोखरेलबाट प्रबचन, ४५ मिनेटको विश्राम पछि ६:४५ देखी अारती तथा पुष्पान्जली हुनेछ । बिआरटी नेपाल डट कमले प्रबचनको अपडेटहरु दिनहु जसो प्रकाशित गर्नेछ ।

प्रचार प्रसारको क्रममा पण्डित दिनबन्धु पोखरेलले हिजो साझं दिदी बहिनी समूहको भेटघाटमा कोलोराडो वासी सबैलाई महापुराण श्रवण गरेर पुण्य लाभ गर्न हुन र यस महान् कार्यलाई सफल बनाउन आ-आफ्नो क्षेत्रीबाट सहयोग गर्न हुन अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया