अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 19:31

पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन: नेपाली काँग्रेसका युवा नेता थापा

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ७:२० मा प्रकाशित

चितवन, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ ।

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उहाँले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन । हामी सबै आस्थाका कारणले काँग्रेसमा लागेको हो ।” थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रूपमा काम गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू