अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

नेपाली चलचित्र “भैरे” को पोस्टर रिलिज

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ७:०९ मा प्रकाशित

काठमाडौँ, एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको नेपाली चलचित्र “भैरे” को दुई पोस्टर पोस्टर रिलिज भएको छ । उक्त चलचित्र आउने जेठ १८ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको ट्रेलर पनि रिलिजको तयारीमा छ, चाडै नै दर्शकहरूले हेर्न पाउनुहुनेछ, निर्देशक बोहरा भन्छन् । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत र अनुभव रेग्मीलाई देख्न सकिन्छ । यस फिल्मका निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

यम बराल, करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह निर्माता हुन् । ‘नेपालय सिनेमा इन्टरनेशनल’द्वारा निर्मित यस फिल्मका कार्यकारी निर्माता लेखबहादुर पुन हुन् । निर्देशक बोहराकै कथा समावेश यस फिल्ममा वसन्त सापकोटा र यम थापाको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई बनीष शाहले सम्पादन गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू