अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

तोकेको स्थानमा नगए राजीनामा

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ६:५३ मा प्रकाशित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय सुरु गर्न सुझाव दिनुभएको छ ।

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै सक्दैनन् भन्दै यही वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिइएको जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू