अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

दुई कोरियाको भेटवार्ताको विभिन्न देशहरूद्वारा स्वागत

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ६:४८ मा प्रकाशित

वासिङटन, शुक्रवार दुई कोरियाका शीर्ष नेताबिच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए यिनको शुक्रवारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ ।दुई देशको शिखर बैठकले जनताको शान्ति र सम्वृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ । 

ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ ।त्यसै गरी अस्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रूपमा लिइएको बताएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडी बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गर्नुभएको छ । Photo: AP

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू