अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

सुन तस्कर प्रकरणः पुर्वआईजिपी पनि शंकाको घेरामा, एसपी खनाल निलम्बित

नागरिक दैनिक २०७५ वैशाख १३ गते २०:३२ मा प्रकाशित

तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाठौं भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरिक्षक आईजिपी प्रकाश अर्याल पनि छानबिन समितिको दायरामा परेका छन् ।

यस विषयमा गृह मन्त्रालयले छानबिन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई समितिमा बोलाइने स्रोतले बतायो । ३३ किलो सुन तस्करीमा संलग्न भएको अरोपमा पक्राउ परेका एसपी विकास खनालविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान तथा सङ्गठित अपराध अन्तर्गत मोरङ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको समय लिएको छ ।

सम्बन्धित सामग्रीहरू