अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

न्यू योर्कमा यसपालिको साकेला १३ मेमा

बिआरटी नेपाल सम्बादाता, न्यु योर्क २०७५ वैशाख १३ गते १५:४८ मा प्रकाशित

किराँत राई इतरका समुदायले पनि उत्तिकै मन पराउँछन्ः भारती राई

किराँत राई समुदायको महान् चाड साकेला (उभौली) आगामी १३ मेमा क्विन्सब्रिज पार्कमा मनाइने भएको छ ।

किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यू योर्क च्याप्टरले हरेक वर्ष उभौली मनाउँछ । प्रवासमा रहेर राई संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले एक दशकभन्दा लामो समयदेखि न्यू योर्कमा मनाउँदै आएको केआरएसए न्यू योर्क च्याप्टर अध्यक्ष भारती राईले बताइन् ।

साकेला (उभौली) राई समुदायको चाड भए पनि कार्यक्रममा सबै समुदायको बाक्लो उपस्थिति हुने उनले बताइन् । ‘सबै समुदायका मानिस साकेलामा आउनुहुन्छ र नाचेर रमाइलो गर्नुहुन्छ,’ उनले भनिन् ।

साकेला (उभौली) सम्पन्न गर्न केआरएसए न्यू योर्क च्याप्टरकी महासचिव निला राईको संयोजकतत्वमा समिति गठन भएको छ । उक्त समितिले कार्यक्रम सम्पन्न गर्न खाद्य पदार्थ, यातायात, अतिथि सत्कार लगायतका कामका लागि विभिन्न समूह बनाएर कामको जिम्मेवारी सुम्पेको छ । कार्यक्रममा कम्तीमा ५ सय मानिस उपस्थित हुने आयोजकको अनुमान छ । कार्यक्रममा सांस्कृतिक नृत्य साकेलाका अतिरिक्त अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि हुने आयोजकको भनाइ छ ।

उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृतिपुजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिसँगको सम्बन्धको कथा भन्छन् । 

सम्बन्धित सामग्रीहरू