अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सवीच समझदारीपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ११:५९ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सवीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका छन् ।

दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिबृद्धि हुने विश्वास गरिएको छ । दुई देशवीचको व्यापार अभिबृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वाससमेत गरिएको छ ।  

प्रतिक्रिया