अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

अपराध नियन्त्रण पहिलो प्राथमिकता: महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ वैशाख १३ गते १०:५६ मा प्रकाशित

चितवन, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण सङ्गठनको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताउनुभयो ।

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी सङ्गठनभित्रको किरा भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी सङ्गठनमा बसेका केही नालायक सदस्यहरूले गर्ने काम सङ्गठनले गरेको काम हुँदैन । सङ्गठनमा केही त्यस्ता किराहरू हुन्छन्, तिनीहरूलाई हटाउनु पर्छ ।” उनीहरूका कारण प्रहरी सङ्गठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै उहाँले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताउनुभयो । अर्को एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम सुरु गरिसकेको बताउनुभयो । सङ्घीय प्रहरी ऐन बन्दै गरेको भन्दै उहाँले ऐन आएपछि प्रदेश कार्यालयहरू स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू