अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

फोटो पत्रकार क्लब नेपालद्वारा ल्याण्ड अफ कन्ट्रास्ट नामक फोटोबुक सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ९:०१ मा प्रकाशित

काठमाडौँ — फोटो पत्रकार क्लब (पिजे क्लब) ले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । बुकमा नेपाल फोटो कन्टेस्ट २०७३ मा उत्कृष्ट भएका फोटोहरू संग्रहित छन् ।

बिहीबार नेपाल पर्यटन बोर्डमाएक कार्यक्रमकाबीच फुलकुमारी महतो ट्रष्टका उपाध्यक्ष डा विरेन्द्र महतो ,आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पिजे क्लबका अध्यक्ष विकास कार्की लगायतले संयुक्त रूपमा फाेटाेबुक सार्वजानिक गरे ।

व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।फोटोबुकमा उत्कृष्ट ७५ वटा फोटो समावेश छन् । फोटोबुकमा घुमफिर, कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, फोटो स्टोरी लगायत सात विधामा छानिएका फोटाहरू छन् । देशको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्दै पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले क्लबले बर्सेनि फोटोबुक प्रकाशन गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू