अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

पहिलो आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ ले मनायो रजत जयन्ती

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ०:३४ मा प्रकाशित

काठमाडौँ । हरेक आइतबार बेलुँकी ९ :३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने आर्थिक कार्यक्रम अर्थको अर्थले रजत जयन्ती मनाएको छ । रजत जयन्ती समारोहको अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरे । सो अवसरमा अर्थको अर्थको उत्पादन संस्था आइबिएन मिडिया एन्ड रिसर्चले आगामी दिनमा मुलुकको आर्थिक मुद्धालाई अझ सशक्त ढङ्गले उठान गर्ने प्रतिबद्धता जनाइएको छ ।

रजत जयन्तीकै अवसरमा सङ्घीयतामा बजेट व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । सो छलफलमा अर्थमन्त्री डा.खतिवडाले सरकारले सरोकारवाला निकायहरूसँग गरी सङ्घीय बजेट निर्माण गर्ने बताए । निर्वाचन पश्चात् सङ्घीयता कार्यान्वयन भए पनि आगामी बजेट मार्फत मात्रै वित्तीय सङ्घीयता कार्यान्वयन हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरख गोल्छाले सरकारले मुलुकमा लगानीमैत्री वातावरण सृजना गनुपर्नेमा जोड दिए । अहिले पैसा भएर पनि असुरक्षाका कारण लगानी हुन नसकेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।

सो अवसरमा वित्तीय सङ्घीयता विज्ञ डा.खिमलाल देवकोटाले सङ्घीयतामा बजेट व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू