अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

नेकपा एमाले र माओवादी केन्द्र बीच छिट्टै पार्टी एकिकरणको घोषणा हुने प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ०:२२ मा प्रकाशित

प्रधानमन्त्री के पी शर्मा ‌ओलीले नेकपा एमाले र माओवादी केन्द्र बिच छिट्टै पार्टी एकिकरणको घोषणा हुने बताउनु भएको छ । मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसको उपलक्ष्यमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरू एक भएपछि नेपालमा निकै ठुलो राजनीतिक परिवर्तन आउने प्रधानमन्त्री ओलीको भनाई छ ।

दुई पार्टी बिच एकता हुन्छ भन्नेमा दुबिधा नगर्न आग्रह गर्दै केही मतभेद भए पनि त्यसलाई मिलाएर अघि बढ्ने उहाँले बताउनु भयो । कम्युनिस्ट पार्टीहरू एक भएर अघि बढ्नुपर्छ भन्ने सपना स्वर्गीय नेता मनमोहन अधिकारीको पनि भएको बताउँदै त्यो सपना छिट्‍टै साकार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू