अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 09:08

दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख १२ गते २३:४० मा प्रकाशित

गाईघाट, सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधवार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरू प्रथम भएका छन् ।

यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलकुद् विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताउनुभयो ।यस्तै, तृतीय स्थानमा डबल इभेन्टतर्फ तेह्रथुम र सिंगल इभेन्ट महिलातर्फ मोरङ र सुनसरीले तृतीय स्थान हातपारेको आयोजकले बताएका छन् । पूर्वका दश जिल्ला उदयपुर, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सप्तरीसहितका ७० जना खेलाडीको सहभागिता थियो ।

खेलमा विजयी हुने खेलाडीहरूलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीसहित एकनम्बर प्रदेशका सभासद्हरूले शील्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको आयोजकले बताएको छ । उक्त टेबलटेनिस खेलमा सहयोग त्रियुगा नगरपालिका गाईघाट र समन्वय जिल्ला खेलकुद् विकास समिति उदयपुरले गरेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू