अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

नागरिक न्युज २०७५ वैशाख १२ गते १९:३१ मा प्रकाशित

वीरगन्ज – अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ ।

विराटनगर नजिकै सीमापारी रहेको बथानाहा रेल्वे स्टेसनमा मगाई विराटनगर नाकाबाट कन्टेनर नेपाल भित्र्याउने सुविधा अब थपिएको हो । आजको नागरिकको आर्थिक पृष्ठमा समाचार छापिएको छ । वीरगन्जमा सुक्खा बन्दरगाह स्थापना हुनुअघि यसैगरी कोलकाता बन्दरगाहबाट सीमावर्ती भारतीय सहर रक्सोलसम्म स्टेसनमा कन्टेनर मगाई नेपाली व्यापारीले भित्र्याउने गरेका थिए । अब त्यस्तै सुविधा नेपालको अर्को ठूलो नाकामा थपिएपछि व्यापारमा यसबाट सहजता हुने कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको भनाइ छ ।

सम्बन्धित सामग्रीहरू