अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

बिआरटीनेपाल २०७५ वैशाख १२ गते ११:०७ मा प्रकाशित

गाईघाट, कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको रु चार करोड हिनामिना भएको पाएँ । आफैँले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।”

सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैङ्क, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौँको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

बैङ्कको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । आज काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू