अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

यूएईका जेलमा १८५ नेपाली

कारोबार दैनिक २०७५ वैशाख ११ गते २१:०८ मा प्रकाशित

यूएई, वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन्। यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्याङ्क तयार पारेको हो। राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन्। यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरू किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। 

सम्बन्धित सामग्रीहरू