अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलसको १४ अौं काव्य श्रृंखला सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल सम्बादाता, लस एन्जलस २०७५ वैशाख ११ गते १९:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जेलस च्याप्टरले भाषा, साहित्य कला र संस्कृतिको विकास र विस्तारका लागी हरेक महिना आयोजना गर्दै आएको काव्य श्रृंखलाको १४ अौं श्रृंखला यही २०१८ अप्रिल २२ तारिखका दिन ‌श्री पशुपतिनाथ तथा बौद्ध मन्दिरको प्राङ्णमा सु-सम्पन्न गरेको छ । NRN ICC सदस्य श्री बलराम थापाको प्रमुख आथित्य सम्पन्न उक्त कार्यक्रमलाई अनेसास एल ए च्याप्टरका अध्यक्ष श्री डन ब कार्कीले सभापतित्व गरेका थिए ।

संस्थाकी उपाध्यक्ष सुशीला पाण्डेको स्वागत् भाषणबाट सुरु भएको कार्यक्रममा स्थानीय साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति थियो । कविहरू राकेश कार्की, राम लामा अविनासी, उपेन्द्र नेउपाने, इन्दिरा त्रिपाठी, तुलासा कार्की, प्रेम गुरागाई, प्रकाशचन्द्र घिमिरे, डन ब कार्की र प्रकाश पाण्डेले आ-आफ्ना रचना वाचन गरेका थिए भने मन्दिरका गुरु आचार्य चुडामणि पाठकले साहित्य र अाध्यात्मिक विज्ञानको सम्बन्धको बारेमा प्रकाश पार्नुका साथै रचना वाचन गरे । प्रमुख अथिति बलराम थापाले संस्थागत विकासका लागी बाल साहित्य तथा कथा निबन्ध जस्ता सबै विधालाई आगामी कार्यक्रममा स्थान दिनु पर्छ भन्नेमा जोड दिएका थिए । राम लामा अविनासीको हाइकु लेखन र त्यसका लागी चाहिने महत्त्वपूर्ण कुराहरूबारे आफूले सिकेको र जानेको कुरा कार्यक्रममा बताएका थिए ।

आगामी दिनमा अझै व्यवस्थित तरिकाले कार्यक्रम सम्पन्न हुने कुरा संस्थाका उपाध्यक्ष तिलक कार्कीले जानकारी गराउनु भयो । राजु देव लोहनी, सोना जोशी लोहनी, बृन्दा गुरागाईहरु पनि कार्यक्रममा सामेल हुन पाउँदा खुसी भएको जानकारी दिइन । उक्त कार्यक्रमलाई संस्थाका महासचिव प्रकाशचन्द्र घिमिरेले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू