अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस बिरामी

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ११:३१ मा प्रकाशित

वासिङटन, आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो । उहाँकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिवार अन्त्येष्टि गरिएको थियो । उहाँको गत मङ्गलवार ९२ वर्ष उमेरमा निधन भएको थियो । उहाँको अन्तिम बिदाइ समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी हुनुभएको थियो । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उहाँका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुनुहुन्छ ।

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उहाँका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । बारबाराको निधनपछि उहाँका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताउनुभएको थियो । अन्त्येष्टिमा हजारौँको सहभागिता थियो । पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग (पार्किन्सन)ले सताएको छ । उहाँलाई बेला बेलामा निमोनिया पनि हुनेगरेको थियो । “अहिले उहाँको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,” अधिकारीले भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू