अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

छ स्रष्टालाई सङ्गीतनाट्य पुरस्कार

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ११:१२ मा प्रकाशित

काठमाडौँ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानले यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ छ जनालाई दिइने घोषणा गरेको छ ।

यस वर्षको नाट्य विधातर्फको पुरस्कार नाटक तथा रङ्गक्षेत्रमा लामो समयदेखि योगदान पु¥याएवापत वरिष्ठ नाट्यविद् रामावतार यादव, सङ्गीततर्फको पुरस्कार वरिष्ठ गीतकार किरण खरेल, नृत्यतर्फको पुरस्कार वरिष्ठ नृत्यांगना सुभद्रा अधिकारी र गायनतर्फ वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई दिइनेछ ।

यसै गरी शास्त्रीय तथा परम्परागत सङ्गीत विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवं गायक पुष्परत्न तुलाधर र रङ्गमञ्च विधातर्फको प्रज्ञा पुरस्कार वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिनेछ ।

यसअघि प्रतिष्ठानले प्रज्ञा पुरस्कार चार विधामा प्रदान गर्दै आएको थियो । यस वर्षदेखि दुई विधा थप गरेर छ विधामा वितरण गर्न लागिएको सदस्य सचिव गणेश रसिकले जानकारी दिनुभयो । सङ्गीत, नाट्य, नृत्य, लोकसंगीत, नाट्य, परम्परागत तथा शास्त्रीय सङ्गीत र रंङ्मञ्च विधामा प्रदान गरिने ती पुरस्कारको राशि जनही रु एक लाख एक र साथमा ताम्रपत्र रहनेछ । पुरस्कार प्रतिष्ठानको आठौंँ वार्षिकोत्सवका अवसरमा दिइनेछ । फायल फोटो

प्रतिक्रिया