अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

महिला तथा पुरुष भलिबल प्रतियोगिता उपाधि सित्तडलाई

बिआरटीनेपाल २०७५ वैशाख ११ गते १०:५७ मा प्रकाशित

बैतडी, जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ । चनैराज खेलमैदान देउलेकमा आज सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३ श्रीकोटलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले उपाधि जितेको हो । यस्तै पुरुषतर्फ वडा नं १ रमलाई ३–१ को सोझो सेटमा हराउँदै वडा नं ६ सित्तडले नै उपाधि जितेको हो ।

उपाधिसँगै वडा नं ६ को महिला र पुरुषको टिमले रु ५१/५१ हजार पुरस्कार प्राप्त गरेको छ । महिलातर्फ दोस्रो भएको वडा नं ३ श्रीकोटले रु ३० हजार, तृतीय भएको वडा नं ४ श्रीकेदारले रु २० हजार र सान्त्वना स्थान प्राप्त गरेको वडा नं ८ कटौजपानीले १० हजार प्राप्त गरेको छ । 

यसै गरी पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने वडा नं १ रीमले रु ३० हजार, तृतीय हुने वडा नं ८ कटौजपानीले २० हजार र सान्त्वना स्थान प्राप्त गर्ने वडा नं २ ले रु १० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू