अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

बिआरटीनेपाल २०७५ वैशाख ११ गते १०:५२ मा प्रकाशित

नेपालगन्ज, नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो ।

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फार्मेसी अधिकृत भट्टराईलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू