अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

नयाँ सन्तानसहित निवास फर्किए राजकुमार दम्पती

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ८:२५ मा प्रकाशित

बेलायत, ब्रिटिस राजपरिवारका सदस्यहरू ड्युक तथा डचेस अफ क्याम्ब्रिज आफ्नो नयाँ सन्तान सहित आफ्नो निवास फर्किएका छन्।डचेस अफ क्याम्ब्रिज राजकुमारी केटले सोमबार बिहान आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी थिइन्।

ब्रिटेनको केन्सिङटन प्यालेसले राजकुमारी केटले स्थानीय समय अनुसार सोमवार बिहान ११ बजेर १ मिनेट जाँदा छोरालाई जन्म दिएको जनाएको थियो।उनको जन्मका बेला उनका पिता राजकुमार विलियम पनि अस्पतालमा उपस्थित थिए। 

शिशुको तौल आठ पौण्ड र सात आउन्स रहेको जनाइएको छ।राजकुमारी केटलाई सोमवार बिहानै अस्पताल लगिएको थियो।नयाँ शिशु ब्रिटिस राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहने छन्।

ब्रिटिस राजपरिवारमा नयाँ सदस्य आगमनको समाचार शाही परिवारकै अर्का सदस्य राजकुमार ह्यारीको विवाह हुन करिब एक महिनामात्रै बाँकी हुँदा आएको हो ।गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो।

त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो। राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठुलो उपस्थिति रहेको छ। शिशु र राजकुमारी केट दुवै स्वस्थ रहेको केन्सिङटन प्यालेसले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू