अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

ट्रम्प र किमलाई वार्ताका लागि आथित्यता गर्ने थाइल्याण्डको इच्छा

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ८:२० मा प्रकाशित

बैंकक, थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ ।

आफ्नो देशले उहाँहरूको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सबै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलवार जनाएको छ । थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भन्नुभयो, “त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ ।” अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाका नेता किमले आउँदो शुक्रवार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ । त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ । 

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउँदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनुभएको थियो । वार्ता उपलब्धिमुलक नहुने देखिएमै बिचमै छाड्ने बताउँदै उहाँले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरू पनि राख्नुभएको थियो । तर उहाँले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताउनुभएको थिए ।थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कूटनीतिक सम्बन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू