अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

अर्थमन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ८:११ मा प्रकाशित

काठमाडौँ, अर्थमन्त्रालयले सह सचिवहरूको सरुवा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले सचिवहरूको व्यापक सरुवा गरेको अर्थमन्त्रालयले जनाएको छ । खतिवडाले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी महालेखा परीक्षकको कार्यालय रहेका विष्णुप्रसाद नेपाललाई दिएका छन्।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका किशोर जङ्ग कार्कीलाई अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरुवा गरिएको छ। यस्तै नेपालको ठाउँमा अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा रहेका सुशील पाण्डेलाई पठाइएको छ।

पाण्डेको ठाउँमा अनुगमनमा रहेका अर्जुन पोखरेल लागिएको छ। अर्थमन्त्री खतिवडा सँग निकट मानिएका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामशरण पुडासैनीलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।

राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका शोभाकान्त पौडेललाई जगेडामा राखिएको छ। यस अघि जगेडामा रहेका कृष्णनाथ खनाललाई पुडासैनीको ठाउँमा आर्थिक नीति विश्लेषण महाशाखामा लागिएको छ। केही दिन अगाडि खतिवडाले भन्सार विभागको महानिर्देशकमा तोयम राया र ठुला करदाता कार्यालयमा धनी राम शर्मालाई सरुवा गरेका थिए।

राया र शर्मा अर्थमा भित्रिँदा भन्सार विभागको महानिर्देशक रहेका जगदीश रेग्मी र ठुला करदाता कार्यालयमा प्रमुख रहेका गंगाराम गेलाल अर्थबाट बाहिरिएका थिए। राजस्व व्यवस्थापन महाशाखा, आन्तरिक राजस्व विभाग र भन्सार विभागमा गरिएको परिवर्तन सँगै खतिवडाले लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्न कडा निर्देशन दिएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू