अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतकोमितिको अध्यक्षमा नेपाल नियुक्त

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ३:१० मा प्रकाशित

संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् ।

हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि नेपाल नियुक्त भएको थियो । छ सदस्य राष्ट्रमध्ये नेपालले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दछ ।

२१ सदस्यीय समितिमा हंगेरी, गायाना र अमेरिकाका प्रतिनिधि उपाध्यक्षको रुपमा निर्वाचित भएका थिए । यस्तै लाइबेरिया पाँच अलग भौगोलिक क्षेत्रको लागि दूतको रुपमा चुनिएको थियो ।

नेपालले विगतमा धेरैपटक समितिको सदस्यको रुपमा काम गरेको थियो । तर नेपाल अध्यक्षमा चुनिएको यो पहिलो पटक हो । यसलाई बहुपक्षीय मन्चमा योगदान गर्ने अवसरको रुपमा लिइएको छ ।

महासभाअन्तर्गतको सम्मेलन समिति सन् १९७४ मा स्थापना भएको थियो । यस समितिले संयुक्त राष्ट्रसंघको सचिवालयलाई परामर्श दिने काम गर्दछ । साथै बिभिन्न बैठक, सभा सम्मेलन आयोजना गर्ने, सम्मेलनको मस्यौदा तयार पार्ने, वार्षिक रुपमा महासभामा रिपोर्ट पेस गर्ने काम समितिले गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू