अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर पुष्प कँडेललाइ नियुक्त गर्ने निर्णय

बिआरटीनेपाल २०७५ वैशाख ११ गते ३:०४ मा प्रकाशित

 काठमाडौं ।मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर पुष्प कँडेललाइ नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले योजना आयोगको सदस्यमा कृष्ण प्रसाद ओली, उषा झा, मिन बहादुर शाही, दिल बहादुर गुरुङ, रामकुमार प्याकुरेल र सुशील भट्टलाइ नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।  बैठकले नेपाल सरकारका कर्मचारीहरुको बैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका २०७५ लाइ स्वीकृत गरेको प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले व्यवस्थित बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचनाहरु खारेज गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय पनि गरेको छ ।

सो विमानस्थल निर्माणको काम अघि बढन नसकिरहेका बेला सरकारले त्यसलाई सहज बनाउन उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय गरेको हो ।

सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने प्रस्ताव पनि स्विकृत गरिएको छ । मन्त्रीपरिषद बैठकले तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनका लागि १० करोड अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

कैलालीमा सञ्चालित रानी-जमरा-गुलरिया सिञ्चाई आयोजनाका लागि विश्व बैंकको ६ अरव ८६ करोड ऋृण सहायता लिने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सरकारी पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको बैदेशिक भ्रमण व्यवस्थापनका लागि तयार पारेको निर्देशिका पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

सरकारले वेपत्ता व्यक्ति छानबिन गर्न बनेको अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेश, राष्ट्रिय चिकित्सा सम्बन्धी ऐन र राष्ट्रिय सभा निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू